नियम १०७
निलम्बन र सफाईको मौका
(१) कुनै निजामती कर्मचारीलाई निलम्बन गर्नु परेमा सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन पत्र र ऐनको दफा ६६ को उपदफा (१) बमोजिम सफाई पेश गर्न लेखिएको पत्र सम्बन्धित कर्मचारीलाई बुझाउनु पर्नेछ ।
(२) सजायको आदेश दिन पाउने अधिकारीले कुनै निजामती कर्मचारीसंग सफाई माग गर्नुभन्दा अगावै स्वयं वा कुनै अन्य
अधिकृतद्वारा ऐनको दफा ६६ को उपदफा (२) बमोजिम विभागीय जांचबुझ गराई निजको ठहर सहितको प्रतिवेदन लिन सक्नेछ ।